सरकारले जनतामा आशा जगाउने कामहरु गरेको प्रधानमन्त्रीको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताएकाछन् ।
नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको समेत बताए । प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दशकौंदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताएकाहुन ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको उल्लेख गरे । त्यस्तै उनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई बारम्बार संसद्मा निर्णयार्थ प्रस्तुत गर्न माग गरेपनि रोकिएको बताए ।

सरकारले टेबल गरेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकारले झेलिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले अध्यादेशहरू प्रतिनिधिसभाको पहिलो बैठकमा टेबुल गर्न नदिएको भनेर असन्तुष्टि जनाए ।

त्यस्तै उनले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताए । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए । प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारी हुँदा राष्ट्रिय गौरव बढेको बताए । त्यस्तै उनले नेपाली भूभाग फर्काउन नक्सा जारी हुँदा पूर्खाको सम्मान भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले नयाँ वर्षमा धेरै कामहरु शुरु हुन लागेको ओलीले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *