सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : पुष्पकमल दाहाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।

भैरहवामा आयोजित लुम्बिनी औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले, ‘जनअपेक्षा अनुसार काम भएको छैन । केही ढिलो पक्कै भएकै हो ।’ उनले पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेको पनि गुनासो गरे ।

यद्यपि व्यवसायीका सबै अपेक्षा ५ वर्षमा पूरा हुने प्रतिबद्धता पनि उनले गरे । उनले अब सरकारले देखिने गरी काम गर्ने दाबी पनि गरे ‘नयाँ उत्साहका साथ अब सरकारले विकासको लहर ल्याउनेछ । तपाईंहरु ढुक्क हुनु, अब देखिने गरी काम हुनेछ ।

राष्ट्रिय उत्पादनको बृद्धि गरी पर्यटनको प्रबद्र्धन गरौं, राष्ट्रिय उत्पादनको प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ भैरहवामा आज देखि महोत्सव सुरु भएको छ ।

महोत्सवमा ४ सय स्टल रहेका छन । यसपटक भारत, बंगलादेश र पाकिस्तानबाट पाँच वटा स्टल दर्ता भएका छन् । महोत्सवमा तीन लाख दर्शकलाई अवलोकन गराई २५ करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य रहेको आयोजक ले बताएका छन।

संगठनका अनुसार यसपटकको महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई बिशेष प्राथमिकता दिइएको छ । पर्यटन र कृषिसँग सम्बन्धित स्टलहरुमा पूरै तथा उद्योगतर्फका स्टलहरुमा ५० प्रतिशत छुट दिइ प्रोत्साहन गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *