सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत छैन : स्वास्थ्यमन्त्री ढकाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्पष्ट पारेकाछन ।

शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णयहरु नागरिकको संवैधानिक हक तथा अदालतको फैसला विपरित नभएको बताए । मन्त्री ढकालले संविधान र कानुन अनुसार नै कोरोना संक्रमतिको उपचार तथा कोरोना नियन्त्रणका लागि कार्यविधिहरु बनाइएको उल्लेख गरे ।

गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पुहँच सहज बनाउन जनताको चाहना र माग अनुसार नै निजी क्षेत्रसँगको साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि शशूल्क सेवा उपलब्ध गराउन आवश्यक भएको उनले बताए । मन्त्री ढकालले कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने नीतिका कुनै परिवर्तन नभएको पनि जानकारी दिए ।

उनले कोरोना संक्रमणको महामारीको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा दशैं तिहार लगायतका चाडपर्वहरु मनाउदा विशेष सावधानी अपनाएर मनाउनुपर्ने पनि बताए । मन्त्री ढकालले कोरोना विरुद्धको महामारीमा अग्रपंथिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी प्रति सम्मान तथा बिरामीको स्वास्थ्य लाभको कामना समेत गरेकाछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *