सरकारकै स्वामित्वमा रहेका सहिुलियत मूल्य पसलमा छैन प्रस्ट लेवलिङ विवरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा स्पष्ट लेवलिङ नभएका खाद्य बस्तुहरु बिक्रि बितरण भइरहेको पाइएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले कम्पनीको अनुगमन गर्दा अधिकांश खाद्य बस्तुमा उत्पादन मिति र लेवलिङ नै नभेटिएको पाइएको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक बस्तुको उत्पादन मिति, एमआरपी लगाएत स्पष्ट देखिने गरि राखिनुपर्नेमा त्यस्तो नपाइएको अनुगमन टोलीका सदस्य उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सीनाले जानकारी दिए ।

अनुगमनका क्रममा जापान सरकारले अनुदानमा दिएको २०१८ को जापानी चामल अझै पनि बिक्रि बितरण भइरहेको पाइएको उनले बताए ।

त्यस्तै दाल फापर लगाएतका बस्तुमा पनि लेवलिङ नभएको पाइएको तिमिल्सीनाले जानकारी दिए । उनले कम्पनीलाई आवश्यक कारवाहीका लागि सिफारिस गरिने बताए ।

त्यस्तै सहुलियत मूल्य पसलमा चीनी लगाएतका वस्तुको अभाव भएको र खरिद गर्न आएका उपभोक्ताहरु फर्किनुपरेको पाइएको पनि अनुगमन टोलीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *