सम्झना बिक हत्याको दोषीलाई कडा कारवाही मागगर्दै माइतिघरमा विरोध

बझाङकी एक बालिकाको बलात्कारपछि हत्या भएको घटना लगाएत देशभर दलित समुदायमाथि भइरहेका हत्या हिंसाको बिरोधमा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
दलित समुदायमाथि हत्या हिंसा, अत्याचारका घटना बढ्दै गएकाले दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै मोर्चाले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।प्रदर्शनकारीले सम्झना बिक हत्याको दोषीलाई कडा कारवाही गर्नुपर्ने , कानूनी राज्यको प्रत्याभूति गर्नुपर्ने, श्रृखलाबद्ध घटनाको अन्त्य हुनुपर्ने माग राखेका थिए ।
हत्या हिंसाको घटनामा कुनै पनि कमि नआएको र दलित समुदायमाथि अत्याचार बढ्दै गएको उनीहरुको आरोप छ ।बझाङमा हजुरबुवाको संरक्षणमा बस्दै आएकी १२ बर्षिया बालिका सम्झनाको विभत्स हत्या गरिएको अवस्थामा घर नजिकैको मन्दिरमा शव फेला परेको थियो भने घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरि सार्वजनिक पनि गरिसकेको छ ।