समाज लघुवित्तको शेयर सोमबार बाँडफाँड हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शनिबार बाँडफाँड हुने भनिएको समाज लघुवित्तको शेयर बाँडफाँड सोमबार हुने भएको छ । नेपाल धितोपत्र बोर्डले लघुवित्तको शेयर शनिबार बाँडफाँड गर्न स्वीकृति नदिए पछि सोमबार बाँडफाँड हुने भएको हो ।रिलायन्स लाइफको शेयर शुक्रबाँड गरेको अवस्थामा केन्द्रीय निक्षेप प्रणालीको मेरो शेयरमा पर्न सक्ने अधिक चापको अवस्थालाई ध्यानमा राखेर समाजको शेयर बाँडफाँड सारिएको हो ।

शेयर निष्काशनका बेला ५ दिनको अवधिमा समेत आवेदकको अधिक ट्राफिक आउँदा मेरो शेयर डाउन भएको थियो । यो समस्यालाई मध्यनजर गर्दै समाज लघुवित्तको शेयर बाँडफाँडलाई शनिबार गर्न स्वीकृति नदिइएको धितोपत्र बोर्डले जनाएको छ ।सार्वजनिक विदाको अघिल्लो दिन पारेर दोस्रो बजारको राफसाफ तथा इडिआईएस अवरुद्ध नहोस भनेर शुक्रबार नै रिलायन्स लाइफको शेयर बाँडफाँड गरिएको हो ।

मंगलबार इन्द्रजात्राको अवसरमा उपत्यका विदा भएकाले दोस्रो बजार पनि बन्द हुन्छ । त्यसै कारण शेयर राफसाफमा समस्या नआओस् भन्नका लागि ५ लाखभन्दा बढी आवेदन परेको समाज लघुवित्तको शेयर सोमबार बाँडफाँड गर्ने भएको हो ।उता लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भने शनिबार सार्वजनिक विदा परेका कारण शेयर बाँफाँड पर सारिएको जनाएको छ ।

लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता शेयरका लागि ५ लाख ६६ हजार ४७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको एक करोड २० लाख १५ हजार ८२० कित्ता शेयर माग गरेका छन् । जुन निष्कासनको १४८.९० गुणा बढी हो ।धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा लघुवित्तको शेयर ५ लाख ५८ हजार ४०३ आवेदकले नपाउने निश्चित छ । गोलाप्रथाबाट बाँडफाँड हुने उक्त शेयर भाग्यमानी ८ हजार ७० जना लगानीकर्ताले १० कित्ता दरले प्राप्त गर्नेछन् ।

लघुवित्तले १०० अंकित मूल्यका कुल ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। सर्वसाधारणलाई ८० हजार ७०० कित्ता बाँडफाँड हुनेछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *