समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता,नया पार्टी निर्वाचन आयोगमा दर्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादीपार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न निर्वाचन आयोग कार्यालय कान्तिपथ पुगेका थिए। जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ। पार्टी दर्तापछि नेताहरूले आपसमा बधाई साटासाट गरेका थिए।

नयाँ बनेको जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने भएका छन्। एक जना संघीय परिषद अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष रहनेछन्।

संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी पार्टी दर्ता भएको छ।

पार्टीका नेता अशोक राईका अनुसार बरियतामा पहिलो नम्बरमा बाबुराम भट्टराई रहेका छन् भने दोस्रो नम्बरमा महन्थ ठाकुर र तेस्रो नम्बरमा उपेन्द्र यादव छन्।

यादवपछि नेता अशोक राई छन् भने राजेन्द्र महतो पाँचौ नम्बरमा छन्। नेता भट्टराई बरियतामा पहिलो नम्बरमा भए पनि उनको पद सेरमोनियलजस्तै हो।

गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो। भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दर्ता हुन सकेको थिएन।

नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएको आजै ४५ दिन पछि दर्ता भएकाे हो।

You May Also Like

One thought on “समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता,नया पार्टी निर्वाचन आयोगमा दर्ता

  1. MCC कुनै राजनीतिक एजेन्डा होइन यो कुनै पार्टीको बिषय पनि होइन देशको हितमा भए सबैलाई र नभए पनि सबैका लागि हो ।
    स्वमुल्याङ्कन गरी अघि बढौ नेपालीलाई कसैको ऋणी भएर बस्नु छैन ।साधन स्रोतको समयानुकुल् बैज्ञानीक इमान्दारिता र मौलिकतामा बिकास गर्ने । स्वदेसी उत्पादन र गुणस्तरीय उपभोग गर्ने । बेद र बिज्ञानको देश र भेसको कला र मौलिकताको अनुपम् प्रयोग गर्दै सम्ब्रिध नेपाल सम्भव छ । प्रतेक घर प्रतेक ब्यक्तिलाई अर्थोउत्पादन र देशको लागि तयार गर्न हामी सँग अपार सम्भ्याबता छ ।
    नेपालको सत्ताको बागडोर बिदेशिको स्वार्थमा छोडन सकिन्न ! हाम्रै भोटले हामीलाई प्रहार गर्ने भस्मासुर चिन्ने अवसर दिएको मा MCC लाई धन्यवाद दिदै अबको कार्यभार तयार गरौ । जनताको आक्रोश पनि आफ्नो मिटर नाप्दै छ । यो एक सकारात्मक् धुर्बिकरण हो । दलहरुको दलाली नांगिदैछ । जसरी दलाल हरुको एकता हुँदैछ त्यस्तै दलबिहिन शक्ती बिचमा एकता र कार्यक्रममा एकरुपता को पहल गरौ ।
    न देशको सिमानाको रक्षा छ न जनलाई सुख छ उल्टै देशको सार्वभौमिकतामा खलल पर्ने काम हुन लाग्दा हामी जे गर्न पनि तयार हुनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *