सभामुख र उपसभामुख दुवैको पद रिक्त गरेर मात्र निर्वाचन गर्न सकिने : देव गुरुङ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवप्रसाद गुरुङले सभामुख र उपसभामुख दुवैको पद रिक्त गरेर मात्र निर्वाचन गर्न सकिने बताउनुभएको छ ।

संवाद चौतारीले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले दलहरुबीच राजनीतिक सहमति भए सभामुख र उपसभामुख दुवैको पद रिक्त गरेर दुवै पदको निर्वाचन गर्न सकिने बताउनुभएको हो । एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने बिषयलाई सहमति वा बिधिको माध्यमबाट हल गर्न सक्ने भन्दै उहाले सर्वोच्च अदालतमा उक्त बिषयमा मुद्दा विचाराधिन रहेकाले राजनीतिक सहमति नै उत्तम हुन सक्ने धारणा राख्नुभयो । उहाले सभामुख र उपसभामुख पद कुन दलले लिन पाउने भन्ने निक्र्यौल नभएको अवस्थामा केहि जटिलता भने कायमै रहेको धारणा राख्नुभयो ।

नेता गुरुङले अहिले नै सभामुखको निर्वाचन गरिहाल्नुपर्ने कानूनी बाध्यता नरहेको पनि बताउनुभयो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *