सभामुख बनेपछि सापकोटाले नेकपाबाट राजीनामा दिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले यसअघि संलग्न रहेको नेपाल कम्युनिस्ट पार्टी त्यागेका छन् ।

विज्ञप्ति जारी गर्दै उनले अब उप्रान्त नेकपामा संलग्नता नरहेको जानकारी गराए ।‘सभामुखको भुमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि यस भन्दा पूर्व म संलग्न भइ कार्य गर्दैआएको नेपाल कम्युनिस्ट पार्टी नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारी अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँछु,’ सभामुख सापकोटाले उल्लेख गरेका छन् ।

सापकोटाले यही माघ १२ गते आइतबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *