सभापति देउवाले गरे मेला अवलोकन,सहुलियत दिन माग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली उत्पादनलाई प्रवद्र्धन गरिनुपर्नमा जोड दिएका छन् । भृकुटीमण्डपमा जारी नेपाल ‘यार्न एण्ड टेक्सटाइल एक्स्पोको अवलोकन गर्दै उनले घरेलु उत्पादनको बृद्धिका लागी सरकारले वातावरण निर्माण गर्नुपर्ने बताएका हुन । सभापति देउवाले धागो उत्पादनका लागी ल्याउनुपर्ने कच्चा पदार्थमा कर सहुलियत दिनुपर्ने धारणा पनि राखे ।

नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक संघले पाँचदिने प्रदर्शनीको आयोजना गरेको हो । हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ । पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक संघले जनाएको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *