सबै दल मिलेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने कांग्रेस नेता देउवाको भनाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब सबै दल मिलेर समृद्धिको बाटोमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेकपाले बडादशैं, दिपावली, नेपाल सम्वत् र छठको उपलक्ष्यमा आायोजित चियापान र शुभकामना आदानप्रदान कार्यक्रममा उहाले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब सबै दल मिलेर समृद्धिको बाटोमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । चियापानले सबै पार्टीलाई एक ठाउँमा ल्याउने काम गर्ने भन्दै उहाले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । चियापानमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा सभामुख र उपसभामुखमध्ये एक पद छोड्नुपर्ने बताउनुभयो । उहाले मुलुक विधिको शासनमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाले काग्रेस लोकतान्त्रीक पद्धतीमा विश्वास गर्ने भएकाले हरेक निर्वाचनमा काग्रेसको सहभागीता हुने बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *