सबै अस्पतालले बीस प्रतिशत शैय्या कोभिड बिरामीका लागि छुट्याउनुपर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई बीस प्रतिशत शैय्या कोभिड बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ । केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि शैय्या अभाव हुने अवस्था देखिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोभिड बिरामीको लागि शैय्या छुट्याएर सम्बन्धि हब अस्पतालमार्फत सूचना दिन आग्रह गरे ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढदै गएपछि उपचारका लागि शैय्या अभावको स्थिती देखिएको छ । सरकारले कोरोना संक्रमितको उपचारका लागि तोकेका सरकारी अस्पतालमा रहेका आइसोलेसन केही दिनअघि नै भरिएका छन ।

स्वास्थ्य मन्त्रालयले वीरगन्ज, ललितपुर र बैतडीमा खटिएका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरिएको भन्दै दोषिलाई कारवाही गरिने पनि जनाएको छ । चिकित्सकमाथि आक्रमण गर्ने कार्य आपराधिक कृयाकलाप गर्नेमाथि कडा कारबाही हुने मन्त्रालयले जनाएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *