सफल भयो पहिलो चरणको कोरोनाविरुद्धको खोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् ।
अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो ।
विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ ।

त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो ।

अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ । कान्तिपुर दैनिकबाट

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *