सप्तरीमा थप अठार जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सप्तरीमा थप अठार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच स्वास्थ्यकर्मी र दुई महिला सहित अठार जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गजेन्द्रनारायण सिंह अस्पतालका चार र छिन्नमस्ताका एकजना स्वास्थ्यकर्मी छन ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार छिन्नमस्ताका दुई पुरुष र एक महिला, राजविराजका पाँच पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै महादेवका चार पुरुष, रुपनीका एक पुरुष संक्रमित भएका छन ।
तिलाठी कोइलाडीका पनि तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म सप्तरीमा ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनावाट दुई जनाको मृत्यु भएको छ ।
(Visited 1 times, 1 visits today)