सप्तरीको राजविराज नगरपालिकाको समूदायमा कोरोना फैलिएको पुष्टि,निषेधाज्ञा जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सप्तरीको राजविराज नगरपालिकाको समूदायमा कोरोना फैलिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समितिले अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

समितिको बुधवार बसेको आकस्मिक वैठकले विहिवार विहान ५ बजेदेखि नगर क्षेत्रभरि अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति आकस्मिक बसेको वैठकबाट निषेधाज्ञा गर्ने निर्णय गरिएको समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिएकाहुन।

बुधवार मात्रै सप्तरीमा १४ जना संक्रमित देखिएकोमा ४८ जना राजविराजकै समूदायबाट पाइएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *