सप्तकोशीमा पानीको बहाव उच्च, ४० वटा ढोका खोलियो (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । हिजोदेखि नै कोशीमा पानीको बहाव बड्न सुरुभएको थियो । शनिबार पानीको बहाव २ लाख ७४ हजार ३ सय ६५ क्युसेक प्रति सेकेन्ड मापन गरिएका छ । शुक्रबार भने पानीको बहाब २ लाख ५४ हजार ६ सय १५ क्युसेक प्रति सेकेन्ड थियोे ।

पानीको बहाब बढदै गएपछि कोशीका ५६ मध्ये ४० ढोका खोलिएको छ । पानीको वहाब सतर्कता रेखा पार गरेपछि कोशी तटिय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दवाब बढेको छ ।

५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चि तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो ।

कोशीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको छ । यसैगरी कोसीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *