सपिङ मलको डिस्प्ले स्क्रिनमा अचानक ब्लु फिल्म चलेपछि…

एजेन्सी, शहर बजारमा अचेल जता ततै देखिने सपिङ मलमा सपरिवार आफ्ना केटाकेटी समेत लिएर किनमेल गर्न पुगेका सयौं ग्राहकहरुको बीचमा राखिएको ठूलो डिस्प्ले स्क्रिनमा अचानक ब्लु फिल्म चल्न थाल्यो भने के होला
अष्ट्रे्लिया नजिक रहेको न्यूजिल्याण्ड देशमा हालै यस्तै अप्रत्यासित घटना घटेको छ । न्यूजिल्याण्डको अकल्याण्ड भन्ने शहरमा सपिङ मलमा विज्ञापनको लागि राखिएको स्क्रिनमा अचानक पोर्न फिल्म चलेको हो । न्यूजिल्याण्ड हेराल्डका अनुसार बजारमा किनमेल गर्न गएका मानिसहरु यस्तो घिनलाग्दो अश्लिल फिल्म देखेर निकैलाई असहज भयो तर फिल्म रोकिएन निरन्तर चलिरहयो। उक्त फिल्म घण्टौंसम्म चलिरहेको समाचार एजेन्सीले उल्लेख गरेको छ ।
यो सबै काम भिडियो ह्याकरहरुले बजारको सिस्टम नै ह्याक गरेर चलाएको बताइएको छ । केटा र केटी नाङ्गै भएर यौन क्रियाकलाप भइरहेको फिल्म घण्टौंसम्म निरन्तर चलिरहँदा पनि कसैले बन्द गरेनन् बरु नदे्खे जस्तै गरेर बसीरहे। अन्तमा मलका कर्मचारीले आएर स्क्रिनलाई नै बन्द नगर्दासम्म फिल्म चलिरह्यो ।
सपिङ मल संचालक कम्पनी एसिक्सका एक प्रवक्ताले यो कुराको पुष्टि गर्दै प्रवेश द्वारको माथिको स्क्रिन ह्याक गरिएको र त्यसमा अश्लील फिल्म चलाइएको बताए । कम्पनीले यो घटनाको विषयमा माफी मागेको छ ।
यो घटनाकी एक प्रत्यक्षदर्शी तान्या लीले न्यूजिल्याण्ड हेराल्डलाई बताएअनुसार उनी आफ्ना ७ वर्षका छोरालाई लिएर नाश्ताको लागि जाँदै थिइन् त्यही बेला अचानक ठूलो क्रिनमा अश्लील भिडियो चल्न थाल्यो । लीले भनिन् ‘यो देखेर मैले बाटो फेरेर अर्को बाटो गएँ तर मलाई विश्वास भइरहेको थिएन कि मैले के देखें ।’ लीले यो घटनालाई पूरै अनुचित बताउँदै अगाडि भनिन् ‘यो यस्तो थियो जो तपाइँ बच्चालाई देखाउन चाहनुहुन्न ।’