सपथमा खटिएका १ सय ५० सुरक्षाकर्मीमा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहणमा खटिएका १ सय ५० सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार बाइडेनको शपथग्रहणमा २५ हजारभन्दा बढी सेना सुरक्षाका खटिएका थिए । तिमध्ये १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

जनवरी छ मा पूर्व राष्ट्रपति ट्रम्पका समर्थकले बाइडेनको जितलाई बैधानिकता प्रदान गर्ने समारोहमा आक्रमण भएपछि सपथमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । अमेरिका सबैभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक हो । त्यहा हालसम्म २ करोड ९३ लाख ९० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण ४ लाख २४ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *