सन् २०२०को अन्तिमसम्म खोप तयार हुन सक्नेमा विश्व स्वास्थ्य संगठन विश्वश्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सन् २०२०को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । मंगलबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको बताएका हुन् । गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहरुले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको पनि उल्लेख गरेका छन् ।

ग्रेबेयेससले खोपको विषयमा थप व्याख्या भने गरेका छैनन् । कोरोनाविरुद्धको खोप निर्माणका लागि डब्ल्यूएचओले कोभ्याक्स कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य लिइएको छ । अहिले धेरै खोपहरु अन्तिम चरणको क्लिनिकल परीक्षणका क्रममा छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही सातामा नै अमेरिकी कम्पनीको खोप तयार हुने दाबी गरिसकेका छन् । रुसले तेस्रो चरणको परीक्षण हुनुभन्दा अगाडि नै खोपको घोषणा गरिसकेको छ । त्यस्तै चीनले पनि तेस्रो चरणको परीक्षण जारी रहेकै बेला खोपको आपतकालीन प्रयोग सुरु गरिसकेको छ ।एजेन्सी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *