सन्धिखर्क नगरपालिकाले व्यवसायिक कृषकलाई बिना धितो , सुलभ ब्याज दरमा कृषि ऋण उपलब्ध गराउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सन्धिखर्क नगरपालिकाले व्यवसायिक कृषकलाई बिना धितो , सुलभ ब्याज दरमा कृषि ऋण उपलब्ध गराउने भएको छ । विशेष गरी युवाहरुलाई कृषी पेशा तर्फ आकर्षित गर्न नगरपालिकाले यस्तो योजना ल्याएको हो ।

पछिल्लो समय कोरोना महामारीका कारण ठुलो संख्यामा युवाहरु बेरोजगार भएका छन । यसैेगरी आफनो जन्मथलोमा केही गर्ने सोचेर विदेशबाट फर्कनेहरुको संख्यामा पनि निकै छ । यस्ता युवाहरुलाई कृषी पेशामा लगाउन सन्धिखर्क नगरपालिका सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको छ ।

व्यवसायीक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेड बिच बुधबार एक समझौतामा हस्ताक्षर समेत भएको छ । विना धितो कर्जा प्रबाह गर्दा कुनै शुल्क नलाग्ने, ब्याजदर पनि २ देखि ३ प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडले जनाएको छ ।

कार्यक्रमका लागि सन्धिखर्क नगरपालिकाको ७५ लाख रुपैया र नेपाल बैंक लिमिटेडको ७५ लाख गरी एक करोड ५० लाख रुपैयाको कोष बनाइएको छ । कृषि पेशा गर्ने युवाहरुलाई एक लाख देखि ३ लाख सम्म सुलभ कर्जा प्रदान गरिने छ । नागरिकहरुमा वित्तिय पहुच पुराउने, पैसा नभएर उद्यमशिल हुन नसकेका र वित्तिय पहुच नभएका नागरिकहरुलाई उद्यमशिल बनाउने उदेश्यका कार्यक्रम संचालन गरिएको नगरपालिकाको भनाई छ ।

कार्यक्रम अन्तर्गत हाम्रा मान्छे भन्दा पनि राम्रा मान्छेलाई क्रण दिइनेछ । यसले स्रोत साधन नभएका युवाहरुलाई कृषिमा प्रोत्साहन गर्न सकिने अपेक्षा नगरपालिकाले लिएको छ ।

कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर काम गरेको सन्धिखर्क नगरपालिकाले सञ्चालन गरेको यो कार्यले युवाहरु कृषिमा ब्यबसायीक बन्नेछन् । र नगरपालिकाको आर्थिक समृद्ध हुने अपेक्षा यिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *