सन्दीप सम्मिलित सिपिएलमा जमैकाको पहिलो हार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

खेलमा जमैकाले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा ट्रीनबेगो नारायणको सानदार अर्धशतकसँगै जिततर्फ अग्रसर बनेको थियो । टोलीले १८.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । जमैकाका फिडेल एडवार्ड्सले इनिङको तेस्रो बलमा नै लेन्डल सिमन्सलाई शून्यमा पेभेलियन फर्काएका थिए । त्यसपछि नारायण र मुनरोले दोस्रो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै जमैकालाई खेलमा पकड जमाउन दिएनन् ।

नारायणले लगातार दोस्रो खेलमा अर्धशतक पूरा गर्ने क्रममा ३५ बलमा आँकडा पूरा गर्दै ट्रीनबेगोलाई जिततर्फ उन्मुख गराएका थिए । ११ औं ओभरको पाँचौ बलमा सन्दीपले नारायणको महत्त्वपूर्ण विकेट लिँदै जमैकालाई खेलमा फर्काए । नारायण ठूलो सट खेल्ने धुनमा डिप फाइन लेगमा कार्लोस ब्रेथवेटको हातबाट समातिएका थिए । उनले ३८ बलमा ७ चौका र २ छक्कासहित ५३ रन जोडे । दोस्रो विकेटका लागि उनले मुनरोसँग ७५ रनको साझेदारी गरेका थिए ।

नारायणपछि क्रिजमा आएका ड्यारेन ब्राभो १७ बलमा १४ रन जोड्दै मुजिब उर रहमानको बलमा उनकै हातबाट समातिए । मुनरो ४६ बलमा ४९ रन जोड्दै नटआउट रहे । उनले ५ चौका र २ छक्का प्रहार गरे । कप्तान पोलार्ड ५ बलमा १ चौकासहित ५ रन जोड्दै नटआउट रहे ।

जमैकाका लागि सन्दीपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । मुजिबले ४ ओभरमा १३ रन दिँदै १ विकेट हात पारे । एडवार्ड्सले पनि ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन जोडेको थियो । ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ५८ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । फिलिप्सले ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै छैटौं विकेटका रुपमा जेडन सेल्सको शिकार बनेका थिए ।

अर्का ओपनर चाडविक वाल्टन इनिङको दोस्रो बलमा नै खाता नखोली अलि खानको बलमा क्याच आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा नै निकोलस किर्तोन सेल्सको एलबीडब्लु धरापमा परे । उनी गोल्डेन डकमै पेभेलियन फर्किए । तेस्रो ओभरमा कप्तान रोभमान पावेल ८ रन जोड्दै अलि खानको बलमा क्याच आउट भए ।

आसिफ अलीले १६ बलमा २ छक्कासहित २२ रन जोड्दै रन गति बढाउन मदत गरे । उनलाई आठौं ओभरमा सुनिल नारायणले बोल्ड गरेका थिए । कार्लोस ब्रेथवेट ९ बलमा मात्र १ रन जोड्दै फवाद अहमदको बलमा बोल्ड हुँदा जमैका ६३/५ को स्थितिमा थियो ।

आन्द्रे रसलले २६ बलमा ३ चौकासहित २५ रन जोड्दै फिलिप्सलाई साथ दिए । फिलिप्स १६ औं ओभरमा आउट भएपछि रमाल लेविस क्रिजमा डटे । उनले १६ बलमा अविजित १५ रन बनाए । फिडेल एडवार्ड्स अन्तिम ओभरको दोस्रो बलमा १ रनमै रनआउट भएका थिए । ट्रीनबेगोका लागि सेल्स र अलि खानले २-२ विकेट लिए । नारायण, अहमद र ब्राभोले १-१ विकेट हात पारे ।

यसअघि पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो । राइडर्सले पहिलो खेलमा गुयाना एमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *