सन्दीप लामीछाने सम्मिलित तलावाज राइडर्सविरुद्ध खेल्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यो खेल नेपाली समय अनुसार शुक्रबार विहान ३ः१५ देखि ब्रायन लारा स्टेडियममा हुने छ । दुवै टोली लगातार दोस्रो जितको खोजिमा हुने छन् । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो ।

जमैकालाई पहिलो जित दिलाउन ओपनर ओपनर ग्लेन फिलिप्सले ४४ र आसिफ अलीले ४७ रनको योगदान दिएका थिए । यता नाइट राइडर्सको पहिलो जितमा सुनिल नारायणले आक्रामक ५० रन बनाउनुको साथै २ विकेट लिन सफल भएकाथिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका थिए ।

काइरान पोलार्डको कप्तानीमा रहेको राइडर्समा सिकन्दर राजा, नारायाण, ड्वेन ब्राभो जस्ता अलराउन्डर रहेका छन् । टिम सिफर्ट र कोलिन मुनरो जस्ता चर्चित ब्याट्सम्यान छन् । उपाधिको प्रमुख दाबेदार राइडर्स र तलावाजबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यता पहिलो खेलमा आन्द्रे रसेल १६ रनमा आउट भएका थिए । आन्द्रे रसेलबाट टोलीले ठूलो इनिङको आशा राख्ने छ । टोलीमा अन्य परिवर्तनको भने सम्भावना कम छ । पहिलो खेलकै टोलीलाई निरन्तरता दिने सम्भावना छ ।

यी दुई टोलीबीच सिपिएलमा १६ खेल भएको छ । जसमा जमैका ९ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *