सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एकताको बाँकी काम पार्टीका अध्यक्षद्वय र महासचिवलाई जिम्मा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताका बाँकी कामलाई पूरा गर्नका लागि ठोस प्रस्ताव ल्याउन पार्टीका अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एकताको बाँकी काम पुरा गर्नका लागि सचिवालयमा ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई १० दिनको समय दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत भएपछि त्यसका आधारमा छलफल गरेर सचिवालयले टुंगो लगाउने निर्णय भएको उनले बताए ।

त्यस्तै बैठकले लामो समयदेखि संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । प्रवक्ता श्रेष्ठले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको तर कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने बैठकमा छलफल नभएको जानकारी दिए ।

बैठकले यसअघि नै नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनगर्ठनको जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । प्रवक्ता श्रेष्ठले अन्य विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई÷तीन दिनभित्रै अर्को बैठक बसेर निर्णय लिने बताए । सचिवालय बैठक स्थायी समितिको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा सौहार्दपूर्ण र सकारात्मक छलफल भएको उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *