सडक सुविधाले मनाङको स्याउ विक्रिमा सहज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिमालपारिको जिल्ला मुस्ताङका स्याउ कृषकलाई सडक सुविधाले स्याउ विक्रि गर्न सहज गराएको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसग जोड्ने बेनी–जोमसोम सडक निर्माणपछि मुस्ताङको प्रमुख कृषि उत्पादन स्याउ ढुवानीमा सहज भएको हो ।

बेनी–जोमसोम सडक सञ्चालनले कृषकलको बगैचामा स्याउ कुएर जाने समस्या हटेको छ । सडकले सुविधाले म्याग्दी, बागलुङ, पोखरा,काठमाण्डौका ब्यापारीहरुले कृषकको बगैचाको स्याउ अग्रिम बुकिङ गर्ने गरेको ठिनीकी कृषक जुमा थकालीले बताईन ।
कृषक जुमा थकाली कृषक ठिनि ।

कृषि कार्यालयको निशुल्क काटुन सहयोग, प्राविधिक सुविधा र स्थानीय सरकारले गाउँमै सडक पहुचले कृषकहरु स्याउ खेतीप्रति आर्कषित हुदै स्याउका विरुवा लगाउने संख्या बृद्धि भएको कृषक जुमा थकालीले बताईन । पोखराका ब्यापारीलाई माफाँको स्या बगैचामा स्याउ टिपेर बजार पठाउन ब्यस्त छन् ।

मुस्ताङको कोवाङ, टुकुचे,, स्याङ जोमसोम, कागबेनी, ठिनि, मुक्तिनाथ, छुसाङको एक हजार ११५ हेक्टरमा रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलीसियस जातको स्याउ खेती गर्दै आएका छन् ।

मूस्ताङ घुम्न आउने पर्यटकहरुको लागि घर फर्कदा कोसेली रुपमा स्याउ लग्ने गरेको ठिमिमा होमस्टे संचालक गरेका आइतबहादुर थकालीले गरेका थिए ।
मुस्ताङको स्याउलाई अन्तराष्ट्रिय बजारमा पु¥याउन, उत्पादन बढाउन, कृषकलाई स्याउ खेती विस्तार गराउनन अनुदान, सुलभ ऋण ब्यवस्था मिलाउन स्थानीय, प्रदेश र संघिय सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *