सडक सञ्जालमा नजोडिएको हुम्लाको मध्ये र दक्षिण क्षेत्रका वस्तीहरुमा खाद्यान्न समस्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको मध्ये र दक्षिण क्षेत्रका वस्तीहरुमा यतिखेर खाद्यान्न समस्या भएको छ । खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेडले स्थापना गरेका डिपो तथा खाद्य वितरण केन्द्रका गोदाम समेत खाली छन् । खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकदारले समयमा चामल ढुवानी नगरेपछि स्थानीय बजारको महंगोमा चामल किनेर खान बाध्य भएको चंखेली गाउँपालिका–४ माथिल्लो पालीका हर्कविर बुढाथोकीले बताए ।

नयाँ बाली नपाकेको र घरको खाद्यन्न सकिएपछि खाद्य डिपोमा जाँदा चामल नपाएर खाली हात फकिनु परेको सर्केगाड गाउँपालिका–३ उनापानीकी २३ वर्षिय संगिता फडेराको गुनासो छ ।

जिल्लाका सबै डिपो र वितरण केन्द्रका लागि निर्धारण गरिएको चामल ढुवानीका लागि ठेक्का संझौता भएपनि वर्षाले केही ढिला भएको नेपाल खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।भैगोलिक जटिलताकाबीच हुम्लामा यातायातको सुविधा नभएकाले पनि सिमकोट बाहिरका डिपो तथा बिक्रि केन्द्रहरुमा चामल ढुवानी गर्न समस्या भएको खाद्य व्यवस्थापन समितिका अध्यक्ष एबम जिल्ला समन्वय समितिका संयोज दानबहादुर रावतको भनाई छ ।

तर चामल ढुवानीको जिम्मा लिएका ठेकदारले हुम्लाका लागि निर्धारण गरिएको चामल ढुवानीमा सरकार र खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेडको नीतिगत रुपमै समस्या भएकाले जहिलेपनि चामल ढुवानी समयमा नहुने गरेको स्विकार गरेका छन् । चामल ढुवानीको जिम्मा लिएका ठेकदारले चामल ढुवानी गर्नु भन्दा नेताहरु र शक्तिकेन्द्रमा धाएर आप्mना कागज बचाउनेतर्फ लाग्ने गरेको चामल ढुवानीको जिम्मा लिएका सुचदेवि अडर एन्ड सप्लायर्स कम्पनिका प्रोप्राइटर नन्द महताराले खुलासा गर्नुभयो । नेपालको संविधानमा खाद्य संपभुताको अधिकारलाई सूनिश्चित गरिएको छ ।

तर हुम्ला लगायतका दुर्गमा जिल्लाका नागरिक जहिलेपनि एक छाक खाने खाद्यन्नकै समस्याबाट मुक्तिः पाउन सकेका छैनन् । कोरोना भाइरसको महामारीका बीच दशैँ तिहार जस्ता ठूला चार्डपर्व नजिकिदै आएका छन् । तर त्यस्तो अवस्थामा हुम्लाका नागरिकलाई भोकै बस्नु पर्ने अवस्थाबाट जोगाउन सम्बन्धित निकायले समयमै ख्याल गर्नु पर्ने देखिन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *