•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाराको जीतपुरका ब्यवसायीहरुले पथलैया विरगंज ब्यापारीक सडक अवरुध बनाएका छन् ।
जील्लाकै ब्यापारीक केन्द्रको रुपमा रहेको जीतपुर बजारको सडक निर्माणमा ठेकेदार कम्पनीले लापारवाहि गरेको भन्दै यहाँका ब्यवसायहिरुले आज करिब ३ घन्टा सडक अवरुध गरेका हुन् ।

२ वर्ष भित्र निर्माण सम्पनन गर्ने जीम्मा पाएको युनाइटेड बिल्डर्सले हाल लगभग ४ वर्ष वितिसक्दापनि काम सम्पन्न नगरेपछि यहाँका स्थानियहरुले दबाब सृजना गर्न पहिलो चरणमा एक घण्टा सडक अवरुध गरेको स्थानिय अगुवा ब्यसायी सुनिल गुप्ताले जानकारी दिए ।

यस शर्मा युनाइटेड दिवा बिल्डर्स कम्पनीले सडक निर्माण गर्न जीतपुर बजारको सडक खनेपनि काम शुरु नगरपछि यहाँका ब्यवसायीहरुको ब्यापार चौपट भएको छ । दशैँ, तिहार र छठ पर्वको अवसरमा राम्रो ब्यपार चल्ने भएपनि सडकको घुलोले गर्दा सेवा ग्राही अन्यत्र जाने गरेको गुप्ताको भनाई छ ।

उनले उद्योग वाणिज्य संघसंग पटक पटक म्याद लिने तर काम नगर्ने देखिएपछि आफुहरु बाध्यभएर सडकमा आउनुपरेको र यतीलेपनि कामको गति अगाडी नबढाए आफुहरु संघर्षको दायरापनि अगडी बढाउने बताए ।

सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सडक निर्माणमा चाँसो नदेखाए पछि चक्का गर्नु पर्ने अवस्था आएको अर्का स्थानीय सीता उप्रेतीले बताईन् ।
बाइट स् सीता उप्रेती, स्थानीय

२०७३ असार २९ गते सम्झौता भएर साउनदेखि ६ वटा खण्डमा काम शुरु गरेको यस योजनामा अन्य ठेकेदार कम्पनीको काम संतोषजनक भएपनि सिमराको सुर्य नेपालदेखि जीतपुरको गढिमाई मन्दिरसम्म काम सम्पन्न गर्ने ठेकेदार कम्पनीको काम कछुवाको गतिमा अगाडी बढेको पाइएको छ ।

समयमा काम नगरेको भन्दै यस भन्दा पहिले ब्यापारीक मार्ग ६ लेन आयोजना कार्यालले यस ठेकेदार कम्पनीलाई एक करोड ७५ लाख जरिवाना समेत गरेको ब्यापारीक मार्ग कार्यालय पथलैयाका ईन्जिनियर विवेक झाले जानकारी दिए । युनाइटेड बिल्डर्स काठमाण्डौंले ०७३ असार २९ मा ७६ करोड ५० लाख १४ हजार ८ सय ९४ रुपैयाँ ठेक्का सकार गरेको थियो । यस बिच पटक-पटक थप म्याद पाएको कम्पनीका लागि ०७७ माघ २८ गते भित्र सक्ने गरी अन्तिम पटक म्याद थपिएको आयोजनाले जनाएको छ ।

हाल सम्म साईड क्लिरियन्सका सम्पुर्ण काम सहिँत ५० प्रतिशत काम सम्पन्न गरेका व्यपारिक आयोजनाले जनाएको छ ।साँडे ५ अर्ब लागतमा पथलैया देखी बिरगंज सम्म ३०.५ किलो मिटरको सडक निर्माण भैरहेको छ । पथलैया-बिरगंज ६ लेन व्यपारिक सडक निर्माणको कामको समग्रमा ६५ प्रतिशत काम सम्पन्न भएको योजनाले जनाएको छ ।

यस सडक खण्डमा ठेक्का सकार गर्ने १० कम्पनी मध्ये युनाइटेड बिल्डर्स र पप्पु कन्टक्सनले काममा ढिलाई गरेको अवस्था छ ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *