•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गृहमन्त्री रामबहादुर थापाले यातायातका पूर्वाधारको बिकास र व्यवस्थीत गर्नुपर्र्ने अहिलको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलबार गृहमन्त्रालयमा महानगरिय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना बुझ्दै गृहमन्त्री थापाले सडकको बिस्तार नगरेसम्म यातायातको समस्या हल नहुने समेत बताए ।

नेपालमा यातायातका साधान बृद्धि हुदै गएपनि सडक बिस्तार हुन नसक्नुले नै ट्राफिक जाम र सडक दुर्घटना हुने गरेको उनको भनाई छ ।

उनले धेरै संख्यामा मोटरसाइकल लगाएत नीजि सवारी साधन सञ्चालन हुने गरेकाले सार्वजनिक यातायातलाइ प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राखेका थिए ।

गृहमन्त्री थापाले सडक दुर्घटनालाई न्युनिकरण गर्न कडा कानून बनाउनुपर्ने पनि बताए । उनले काठमाडौंमा हुने सडक जामले बिकासकै काममा समेत अवरोध पुगेको तर्क गरे ।

कार्यक्रममा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले यातायात व्यवस्थापनमा ट्राफिक प्रहरीको जिम्मेवारी बढाउनुपर्ने बताए । त्यस्तै उनले अन्य देशको तुलनामा नेपालमा सडक जरिवाना न्युन भएकाले नै उलंघनका घटना बढिरहेको भन्दै सडक जरिवानालाई बढाउनुपर्ने धारणा राखे ।

प्रहरी महानिरिक्षक क्षेत्रीले सवारी चालक अनुमतिपत्र बितरण र सवारी बिक्रिबितरणमा समेत कडाई गर्नुपर्ने धारणा राखेका थिए । त्यस्त ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले उपत्यकामा हुने सवारी चाप र दुर्घटनालाई न्युनिकरण गर्न काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार गरिएको जानकारी दिए ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *