सडकपेटीमा जोगीसँग देखीए पूर्वयुवराज पारस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – पूर्वयुवराज पारस शाह पछिल्लो समय कुनै न कुनै विषयले चर्चामा आइरहेका छन् । सोनिका रोकायासँगको निकटताले होस् या ‘राजावादी’ नभनी नेपाली भन्न दिएको सुझावले उनी पछिल्लो समय चर्चामा आएका हुन् । यही बेला अहिले उनको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त तस्विरमा उनी सडकपेटीमा बसेका छन् । उनको साथमा दुई जोगी र एउटा कुकुर देखिन्छ । पूर्वयुवराजसहित दुई जोगी हँसिलो मेद्रामा देखिएका छन् ।

तर, यो तस्विर कहाँ र कहिले खिचेको हो यसबारे केही खुलिसकेको छैन । सार्वजनिक यो तस्विरमा उनीहरु भूइँमै बसेका छन्, केही ओछ्याइएको छैन । पारस अगाडि एउटा मोबाइल देखिन्छ । परास र दुई जोगीले अगाडि हेरेका छन्, जसको अनुमान लगाउन सकिन्छ, उनी फोटो खिच्दा पोज दिइरहेका हुन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *