सञ्चारविज्ञ पन्तलाई इन्टरनेसनल कम्युनिकेसन एक्सलेन्स अवार्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं सञ्चार विज्ञ तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड प्राप्त गरेका छन्। भारतको बैंग्लोरमा आयोजित १४ औं ग्लोबल कम्युनिकेसन कनक्लेभमा पब्लिक रिलेसन काउन्सिल अफ इन्डियाले शुक्रबार पन्तलाई अवार्ड प्रदान गरेको हो।

विश्वभरिबाट भेला भएका सञ्चारकर्मी, जनसम्पर्क तथा मिडिया विज्ञहरुको उपस्थितिमा प्रदान गरिएको उक्त अवार्ड अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ। पन्तले सञ्चार, मिडिया विकास तथा अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा पुर्‍याएको योगदानका लागि उक्त अवार्ड प्रदान गरिएको हो।

बैतडीको दशरथचन्द नगरपालिका नागार्जुनमा जन्मेका पन्त दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता, मिडिया विकास र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा काम गरिरहेका छन्। उनले करिब एक दर्जन पुस्तक लेखेका छन्। नेपाल, भारत, चीन, मलेसिया, श्रीलंका, बंगलादेश र फिनल्याण्डका विश्वविद्यालयहरुमा पत्रकारिता शिक्षण र सोधमा संलग्न पन्तका अन्तर्राष्ट्रिय जर्नलहरुमा मिडियासम्बन्धी लेखहरु समेत प्रकाशित छन्।

पन्त विश्व प्रसिद्ध एकेडेमिक प्रकाशन गृह आइजिआई ग्लोबलको मिडिया सिरिज पुस्तकहरुको सल्लाहकार सम्पादक समेत हुन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *