सञ्चारक्षेत्रमा भएका समस्यालाई समाधान गर्न राज्य तत्पर हुनुपर्ने : अध्यक्ष गोविन्द आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई सञ्चार क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले शुक्रबार ११ बुँदे ध्याकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेको हो । महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा संविधानप्रदत्त र अन्तराष्ट्रिय मूल्य मान्यताअनुसार राज्यका केन्द्र, प्रदेश र स्थानीय तहले बनाउने सञ्चारसम्बन्धी सबै कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्न तथा कानूनको मस्यौदा निर्माणकै चरणवाटै पत्रकार महासंघसहित सम्बन्धित सरोकारवाला पक्षसँग पर्याप्त छलफल र सहमतिको वातावरण बनाउन माग गरिएको छ ।

यस्तै, २०७३ साल साउन ७ गते तत्कालिन मन्त्रिपरिषदवाट पारित गरिएको ‘राष्ट्रिय आमसञ्चार नीति–२०७३’ लाई दृढतापूर्वक कार्यान्वयन गर्न र सोही नीति अनुसार सञ्चार क्षेत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म अनुसार स्वायत्त र स्वतन्त्र संरचना निर्माण गर्न आग्रह गरिएको छ । ध्याकर्षण पत्र बुझ्दै मन्त्री खतिवडाले सञ्चार क्षेत्रलाई मजबुद बनाउन आवश्यक ऐन नियमहरु तर्जुमा गर्ने बताउनुभयो । महासंघको मागप्रति सर्वपक्षिय छलफल गर्न आफुहरु तयार रहेका उहाले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकको परिवर्तनमा सञ्चारजगतले खेलेका भूमिकालाई राज्यले बिर्सन नहुने बताउनुभयो । उहाले सञ्चारक्षेत्रमा भएका समस्यालाई समाधान गर्न राज्य तत्पर हुनुपर्ने जिकिर गर्नुभयो ।

महासंघले २०५१ सालमा जारी भएको श्रमजीवी पत्रकार ऐन र त्यस अन्तर्गत बनेको नियमावली–२०६४ मा तोकिएका सेवा सुविधा अझैसम्म श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरूले प्राप्त गर्न नसकेको भन्दै न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून भएकाले यसलाई बृद्धि गर्न पनि ध्यानाकर्षण गराएको हो । पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइने भनेको ५० प्रतिशत छुटलगायतका पूर्व निर्णयहरु कार्यान्वयन गर्न माग गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *