सञ्चारकर्मी रौनियारसहित ५४ जनाले जिते कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्सामा थप ५४ जनाले कोरोना भाइरस संक्रमणलाइ हराउन सफल भएकाछन् । पर्साका विभिन्न ठाउँमा निर्माण गरिएको आइसोलेसनबाट शुक्रबार ५४ जना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भइ घर फर्किएका छन्। पछिल्लो समय लगातार एक हप्तादेखि कोरोना संक्रमित आइसोलेसनबाट कोरोनालाई जितेर घर जाँदै छन् । कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर बिभिन्न उमेर समूहका ५४ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका लगातार दुई पटकको परिक्षणमा नेगेटिभ आएपछि उनीहरु घर फर्किएका छन् । एभिन्युज खबरका निक्कै जुझारु र क्रियासिल पत्रकार राजन रौनियारले पनि कोरोना जितेका छन् ।अस्पतालमा रहदा समेत त्यहा कार्यरत कर्मचारीहरुको मिहिनेत र लगनसिलताको रिपोटिङ गरेका रौनियार प्रती आम सर्वसाधारण निक्कै चिन्तीत रहेका थिए । उनी सहितकाले डिस्चार्ज पाएपछि सुभचिन्तक निम्कैै खुसी देखिएकाछन् । वीरगञ्ज ड्रइपोटस्थित वाटिका होटलमा निर्माण गरिएको सेमि आइसोलेसनबाट २३ जनाले कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका हुन। सिद्धार्थ स्कुलको आइसोलेसनमा रहेका १५ जनापनी डिस्चार्ज भएका छन्।

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालबाट ८ जना कोरोना भाइरस जितेर घर फर्केका छन् भने ५ जना गोपाल मण्डलीको आइसोलेसनका रहेका छन्।त्यस्तै कोरोना भाइरस जितेर डिस्चार्ज हुनेमा वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डक अस्पताल, रानीपोखरी होटल सेमि आइसोलेसन, कालिकामाई गाउँपालिकामा निर्माण गरिएको सेमि आइसोलेसनबाट १-१ जना छन्।
योसँगै पर्सामा जिल्लामा कोरोनामुक्त भई घर फर्किनेको संख्या १ हजार ३ सय १९ पुगेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *