सज्जा चौलागाईँ बनीन् ‘नेपाल आइडल सिजन ३’ विजेता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सज्जा चौलागाई नेपाल आइडल सिजन ३ कि विजेता बन्न सफल भएकिछिन् रनेपाल आइडलमा पहिलो पटक महिला विजेता बनेर उनले इतिहास स्थापित गरेकी छन् । शुक्रबार स्टुडियोमा आयोजना भएको गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेको नजिता एपी वान टेलिभिजनका प्रमुख क्याप्टेन रामेश्वर थापाले घोषणा गरेका हुन् । फाइनल कार्यक्रम चलिरहँदा आयोजक मध्य एक जनालाई कोरोना पुष्टि भएपछि त्यसको नजिता थापाले घोषणा गरेका हुन् ।

फाइनलको औपचारीक कार्यक्रम हुन नपाएकोमा निकै खल्लो भएको थियो । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट सज्जालाई नेपाल आइडल घोषणा गरिएको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल थिए । जसमध्य बेडुवाल फस्ट रनरअप र भुजेल सेकेण्ड रनरअप भएका छन् ।

विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । अनुसार कोभिड—१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन भएको थियो । तीन प्रस्तोताको प्रस्तुती पछि क्याप्टेन थापाले विजेता घोषणा गरेका हुन् । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा थिए । यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन् ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *