सचेत रहनुहोस, कोरोना भाइरसलाई डब्लुएचओले विश्वव्यापी महामारीको घोषणा गर्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी – कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले विश्वव्यापी महामारी घोषणा गरेको छ ।

डब्लुएचओले भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह समेत गरेको छ । नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले भाइरसको रोकथामको लागि सचेत हुन विश्व समुदायलाई आग्रह गरेकाछन् । उनले नियन्त्रणको लागि आक्रामक निर्णय लिन समेत आग्रह गरेका छन् ।

डब्लुएचओले नियन्त्रण प्रयाससँगै आपतकालीन अवस्थाको लागि अस्पताल तयारी अवस्थामा राख्न समेत आग्रह गरेको छ । अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १ सय २०भन्दा धेरै देशहरुमा फैलिइसकेको छ । त्यस्तै ४ हजार ६ सय १६ जनाको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । तिमध्ये ३ हजार १ सय ५८ चिनका र १ हजार ४ सय ५८ अन्य मुलुकका छन् ।

भाईरसवाट हालसम्म १ लाख २६ हजार १ सय २१ संक्रमित भएका छन् ।नेपालमा हालसम्म कोरोना भाईरसको संक्रमीत फेला न परेपनी छिमेकि देश भारतको उत्तर प्रदेशमा पहिलोपटक कोरोना संक्रमीत फेला परेको जानकारी आएको छ ,स्मरण रहोस उत्तर प्रदेश नेपाल संग सिमा जोडीएको राज्य हो । भारतमा संक्रमीतको सख्या ७३ पुगेको छ । साथै भारतले आफ्नो सिमानाका बन्द गर्ने घोषणा गरिसकेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *