सचिव छुटाउन १० लाख रुपैयाँ, १० कठ्ठा जग्गाको प्रलोभन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जबरजस्ती करणीको आरोपमा वडासचिव मिथिलेश यादव पक्राउ परेका छन ।महोत्तरीको भंगहा नगरपालिका—९ हरिणमरी स्थित मुसहरी टोलकी दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिव पक्राउ परेको हो ।

सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जबरजस्ती करणी महलामा मुद्दा दर्ता भएपछि १० लाख रुपैयाँ, १० कठ्ठा जग्गा लिएर मिल्न गाउँका पञ्चहरूले पीडितलाई दबाब दिइरहेका छन । पीडित महिलाले बलात्कारीसँग मिलापत्र नगर्ने चेतावनी दिएपछि उनीहरू फर्केर गए। त्यस लगत्तै भंगहा प्रहरीचौकीले सचिवलाई पक्राउ गरेको महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।

भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले गत बुधबार साँझ हरिनमरी बजारबाट साँझ ढकिया बेचेर फर्किँदै गरेकी महिलालाई बाटोमै रोकेर पोखरी नजिक लगि लछारपछार गर्दै जबरजस्ती करणीको प्रयास गरेको महिलाको आरोप छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *