संसारभरमा धेरै कमाउने सेलिब्रेटीमा परे अक्षय कुमार

एजेन्सी संसारमा सबैभन्दा धेरै कमाउने सुचीमा बलिउड अभिनेता अक्षय कुमार पनि पर्न सफल भउका छन् । फोर्ब्सले हालै सार्वजनिक गरेको संसारभरमा धेरै कमाउने सेलिब्रेटीको सूचीमा अक्षय परेका हुन् । धेरै कमाउने सेलिब्रेटीको सूचीमा अन्य बलिउड अभिनेता भने परेका छैनन् ।
यसअघि फोर्ब्सका धेरै कमाउने सेलिब्रेटीको सूचीमा अमिताभ बच्चन, शाहरुख खान, सलमान खान र अक्षय कुमार पनि पर्ने गर्थे । अहिले भने अक्षय मात्र परेका छन् । सन् २०१८ मा पनि बलिउडकै धेरै कमाउने सेलिब्रेटीमा अक्षय परेका थिए । संसारभरमा फोर्ब्सको लिस्टमा ३३ औँ नम्बरमा अक्षय कुमार रहेका छन् । उनले एक वर्षमा कुल ६५ मिलियन डलर कमाइ गरेका छन् ।
(Visited 1 times, 1 visits today)