संसारकै अग्लो भवन बुर्ज खालिफामा दोस्रो पटक नेपाली झण्डा फहराइदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

संसारकै अग्लो भवन बुर्ज खालिफामा आज नेपाली झण्डा फहराउने भएको छ ।नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा यूएईको स्थानीय समयअनुसार शनिबार साँझ ८ बजे ९ बजेर ४५ मिनेट नेपाली समय संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराउन लागेको नेपाली दूतावास आवुधाबीले जनाएको छ ।

लामो समयको प्रयास र मेहनतपछि यूएई सरकारले गएको वर्ष जस्तै यस पटक पनि बुर्ज खालिफामा निस्शुल्क नेपाली झण्डा फहराउन लागेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए ।

दुईवर्ष पहिले राजदूतको रुपमा ढकाल यूएई आए लगत्तै नेपाली पत्रकार सँगको पहिलो भेटघाट तथा छलफलको क्रममा झण्डा फहराउन आफूले सकेको प्रयास गर्ने बताएका थिए । संसारको अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान बढ्ने र नेपाल पर्यटन वर्षलाई समेत सहयोग पुग्ने बुझाई धेरैको छ ।

त्यस्तै आवुधाबीमा नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालयको भवनमा समेत नेपाली झण्डा फहराउने भएको छ । गएको वर्ष पनि यस भवनको ७५ औ तल्लामा साँझ सात बजेबाट बिहान १ बजेसम्म झण्डा फहराइएको थियो । यस पटक पनि यस भवनमा नेपाली झण्डा फहराइने नेपाली दूतावासले जनाएको छ ।

संसारकै अग्लो भवन बुर्ज खालिफा र आबुधावी नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालय भएको भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराउने गरिन्थ्यो ।यो वर्ष पनि नेपालको झण्डा फहराउने कुराले यूएईमा कार्यरत धेरै नेपाली खुसी छन् । संविधान दिवसको अवसर पारेर यूएईमा हरेक वर्ष विशेष कार्यक्रम गरिँदै आएको भए पनि कोरोनाका कारण यस पटक औपचारिक कार्यक्रम नगरिने दूतावासको भनाइ छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *