संविधान संशोधन गरेर वामदेव गौतमलाइ प्रधानमन्त्री बनाउने चर्चा बाहिरिएसँगै सरकारको चौतर्फी आलोचना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वामदेव गौतमलाई संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने चर्चा बाहिरिएसँगै सत्तारुढ दलभित्र र बाहिरबाट सरकारको चौतर्फी आलोचना हुन थालेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली सामु उक्त प्रस्ताव लगेका हुन् ।

नेकपाभित्रको शक्ति सघंर्ष चर्किएपछि बामदेव गौतमलाई पार्टीको विधान संशोधन नै गरेर उपाध्यक्ष बनाइयो । गत असार २६ गते गौतमको जन्मदिन पारेर उपाध्यक्ष अफर गरेका नेकपाले फेरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको जन्मदिनको अवसरमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन मार्फत गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरे । उक्त कुरा बाहिरिए संगै नेकपा भित्र संशय पैदा भएको छ ।

दाहालको प्रस्तावसंगै संविधान संशोधनका लागि नेकपा सचिवालयले माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनायो तर नेताहरुबीच नै विवाद भएपछि त्यसलाई गुपचुप राखियो । सचिवालयल सदस्य सुवास नेम्वाङ र खिमलाल देवकोटाले कार्यदलमा बस्न अस्विकार गरे । सत्तारुढ दलको यस्तो कदमलाई प्रतिपक्षले अधिनायकवादको संज्ञा दिएका छन् । दुइ तिहाइको मातमा सरकारले सुनौलो अवसर गुमाउँदै गएको भन्दै कांग्रेसले लोकतन्त्रलाई जोकतन्त्र नसोच्न सरकारलाई चेतावनी दिएको छ

संविधान एउटा गतिशिल दस्तावेज हो । दुई तिहाइको सरकारले जनचाहना अनुरुप चाहेको खण्डमा जतिबेला पनि संशोधन गर्न सक्छ । तर, कुनै अमुक पार्टी र अमुक व्यक्तिको स्वार्थ पूरा गर्नका लागि संविधानको भावना विपरित संशोधन गर्न खोज्नु राम्रो संकेत नभएको कानुनका जानकार बताउछन् । यदि सरकारले जवरजस्त तवरले त्यस्तो कदम चाले जनचाहना र असंवैधानीक कदम हुने संविधान विदको भनाइ छ ।

गौतम बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा पराजित उम्मेद्वार हुन् । तर, यसरी संविधानलाई नै बन्धक बनाएर गौतमले प्रधानमन्त्री बन्ने चाहना राख्नु, र ओली दाहालले आश्वासन दिइरहनु आ–आफ्नै स्वार्थ केन्द्रीत देखिन्छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *