संविधान दिवशको अवसरमा २८२ कैदीलाई माफी ,कसैलाई रहर लाग्दैमा संविधान संशोधन नहुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कसैलाई रहर लाग्दैमा संविधान संशोधन नहुने बताउनुभएको छ ।

मन्त्रीपरिषद्को निाणर््र्क गर्न बिहिबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाले बताएका छन् । उहाले बिहीबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले संविधान रहर लागेर संशोधन हुने विषय नभएको बताउनुभयो ।

संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा संशोधन हुने उहाले बताउनुभयो । सरकार विरोधी तत्वतर्फ संकेत गर्दै उहाले केहीलाई संविधान पूरै मन नपरेको उल्लेख गर्नुभयो । उहाले संविधान परिवर्तनीय दस्तावेज भएको भन्दै राष्ट्रको जीवनमा कहीं असर पार्छ भने त्यसलाई संशोधन गर्ने जिकिर गर्नुभयो । सत्तामा जान लालाहित पनि हुने र संविधान पनि नमान्ने कुरा वर्तमान सरकारका लागि ग्राह्य नहुने उहाले बताउनुभयो । संविधान सरकारका लागि मात्र नभइ जनताका लागि पनि भएको उहाले बताउनुभयो ।

मन्त्रीपरिषद् बैठकले आँखाका चर्चित डाक्टर सन्दुक रुइतलाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । बैठकले २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बास्कोटाले जनाउनुभयो । बैठकले दक्षिण एसियाली महिला विकास मञ्चको पाँचौं अन्तराष्ट्रिय महिला उद्यमी सम्मेलनको लागि रु. दस लाख उपलब्ध गराउने निर्णय गरिएको उहाले बताउनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आर्थिक वर्ष २०७६/०७७ का लागि ४९ राजपत्राङ्कित अधिकृतहरुको अस्थायी दरबन्दी सृजना गर्ने निर्णय उहाले बताउनुभयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

तेह्रौँ दक्षिण एसियाली खेलकुद २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धि कार्य्विधि, २०७६ स्वीकृत गरिएको प्रवक्ता बास्कोटाले बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *