संवादहीनता तोड्दै ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कर्णाली प्रदेशको विवाद चर्किएर लामो समयदेखि प्रत्यक्ष छलफल हुन नसकिरहेको बेला शनिवार संवादहीनता तोड्दै नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

ओलीको आग्रहमा प्रचण्ड छलफलका लागि दिउँसो सवा १ बजे बालुवाटार पुगेका थिए । दुवै अध्यक्षबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।पछिल्लो समय राजदूत सिफारिस, मन्त्रिपरिषद् पुनर्गठन र कर्णाली विवादमा ओलीको भूमिकाप्रति प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् ।

विवाद बढेपछि दुई अध्यक्षबीच ११ दिनयता संवादसमेत हुन सकेको थिएन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *