संखुवासभा सुन तस्करी प्रकरण: थप दुई जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुन तस्करीको आरोपमा खाँदबारीबाट थप दुई जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिकाको च्याम्ताङबाट ५ किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–१ का जर्को भोट र भोटखोला गाउँपालिका स्थायी घर भई खाँदबारी बस्ने छ्याङ रिन्जीन भोटे रहेका छन । तोप्चेन असोज २७ गते भोटखोला गाउँपालिका–२ चेपुवाको घट्टेखोलाबाट अबैध रुपमा सुन ल्याउदै गर्दा पक्राउ परेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *