संखुवासभाको भोटखोला बाट ५ किलो सुन सहित एक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संखुवासभाको भोटखोला गाउँपालिका बाट ५ किलोग्राम सुन सहित एक जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको स्रोतको भनाइ छ। भोटेको साथ बाट सुन सहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रा समेत बरामद भएको बताइएको छ। तर पक्राउ परेका भोटे र सुनको बारेमा संखुवासभा प्रहरी केही बोल्न चाहेको छैन।
भोटेलाई चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सो सुन र नगद फेला पारेको स्रोतको भनाइ छ। पक्राउ परेका भोटेलाई सदरमुकाम खाँदबारी ल्याउदै गरेको बुझिएको छ। बरामद भएको सुन चिन, भारत वा नेपाली बजार कता लैजान लागिएको हो भन्ने खुलेको छैन। यातायातको असुविधाका कारण झोला वा डोकोमा सामग्री ओसार पसार गर्नु पर्ने संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो। भोटे सोमबार पक्राउ परेको स्रोतले बताएको छ । भोटेखोला –२ लिङगमबाट तिन दिनको पैदल दुरीमा पर्छ । सुन सहित पक्राउ परेका भोटेलाई लिन जिल्ला प्रहरी कार्यालय बाट एक टोलि त्यस तर्फ गएको बुझिएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *