संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण मुख्य सडकमा अत्यावश्यक सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनमा आएको देखिन्छ । उपत्यकामा बिहान ११ बजेसम्म खाद्यान्न, फलफूल, तरकारीलगायत अत्यावश्यक सेवाका व्यवसाययहरु सञ्चालन गर्न पाइने व्यवस्था छ , त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ला हुने गरेको छ भने सो समयमा विकास निर्माणसँगसम्बन्धीत सामाग्री बोकेका सवारी साधन गुड्ने गरेका छन् ।

निषेधाज्ञाको समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने सञ्चालनमा छन् ।

निषेधाज्ञामा प्रहरीले सडकको मुख्य चोकचोकमा बसेर सवारी साधनको चेकजाँच गरेको छ । अत्यावश्यक सेवा बाहेक पनि सवारी सञ्चालन गर्नेहरुलाई सडकमा होल्ड गरी कारबाही गर्ने गरेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *