संक्रमितको सख्यामा वृद्धिभएपछि पर्सामा सेना परिचालन
बड्दो संक्रमणलाई मध्यजनर गर्दै पर्सामा निषेधाज्ञालाई थप कडाइ गर्न सेना परिचालन गरिएको छ । वीरगञ्जमा साउन १० गतेदेखि स्थानीय प्रशासनले षेधाज्ञाको आदेश जारी गरेको थियो ।
कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गतेबाट जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोना भाइरस संक्रमणको चेनलाई ब्रेक गर्न निषेधाज्ञा जारी गरिए पनि मानिसको आवागमन नियन्त्रण नभएको र संक्रमण पनि बढ्दै गएकाले सेना परिचालन गर्ने अवस्था आएको बताइएको छ ।
प्रहरी र सेनाको संयुक्त गस्तीले निषेधाज्ञालाई प्रभावकारी बनाउने प्रशासनको विश्वास छ ।