संक्रमण शङ्का लागेका सबैलाई सरकारले क्वारेण्टाइनमा राख्न सक्दैन, आफैँ बस्नुपर्छ : स्वास्थ्यमन्त्री ढकाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको सङ्क्रमण भएको शङ्का लागेका सबै व्यक्ति आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने सरकारले बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शङ्का गरिएका सबै व्यक्ति क्वारेण्टाइनमा बस्नुपर्ने तर चीनबाट उद्दार गरी ल्याइएका विद्यार्थीलाई जसरी क्वारेण्टाइनमा भने नराखिने बताएकाछन् ।

राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने र ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने समेत बताएका छन्।

ठूलो समूहमा क्वारेण्टाइनमा राख्नुपर्ने अवस्था आएमा सरकारले खरिपाटी क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाउने पनी मन्त्री ढकालले जानकारी दिएका छन् । युवा सङ्घले ध्यानाकर्षणपत्र बुझाउँदै सामाजिक सञ्जालमा अड्कलबाजीमै हल्ला फैलिरहेकाले आधिकारिक सूचना दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

सङ्क्रमण भएमा उपचार गर्ने र अरुमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि सङ्घले सरकार समक्ष आग्रह गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *