संक्रमण मुक्त भए अमिताभ बच्चन, अमित शाहलाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना संक्रमणलाइृ जित्दै अस्पतालबाट डिस्चार्ज भएकाछन् । डिस्चार्ज हुदै बच्चनले फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जनाउँदै आफु अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहने जानकारी दिएका छन् । संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।

बच्चनसंगै उनको परिवारमा छोरा, बुहारी तगथा नातिनीलाई पनि कोरोना देखिएको थियो । अहिले सबैजना संक्रमण मुक्त भएका छन् ।

यता भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि गराएको परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *