संक्रमण बढेसंगै बारामा पनी निषेधाज्ञा जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

छिमेकी जिल्ला पर्सामा समुदाय स्तरमा र बारामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढे पछि बारा जिल्लालाई आइतबार बिहान ५ बजे देखि निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम सृजना हुँने देखिएकोले आइतबारदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्र प्रसाद पण्डितले जानकारी दिए ।

छिमेकी जिल्ला पर्सामा समेत निशेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरीकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोवार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *