श्रोत नखुलेको ४० लाख नगदसहित एक जना नागढुङ्गाबाट पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *