श्रोत नखुलेको ३० लाख ७६ हजार रुपैंया सहित दुई भारतीय नागरिक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रौतहटको परोहा नगरपालिकाको रामपुरबाट प्रहरीले श्रोत नखुलेको ३० लाख ७६ हजार रुपैंया सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

परोहा नगरपालिका ९ रामपुरखापमा भारततर्फ बाट आउदै गरेको बिआर०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ युवकका साथ बाट सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टी कुमार कलवार र सुरज कलवार रहेको प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले बताए । पक्राउ परेका बन्टी कुमारले सो रकम राजपुरको एक चिमनी भट्टामा पु¥याउन आएको बताएको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षमा सिमाक्षेत्रमा प्रहरीले स्रोत नखुलेको १ करोड १७ लाख ८६ हजार रुपैंया बरामद गरिसकेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *