श्रोत नखुलेको २८ लाख रुपैंया बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिमावर्ती तराइका जिल्लाबाट श्रोत नखुलेको रबम प्रहरीले बरामद गर्नेक्रम रोकिएको छैन । पछिल्लो पटक बारामा १६ लाख रुपया एक व्यतीले प्रहरीको अगाडी फालेर भगेका थिए भने त्यो भन्दा अगाडीपनी पटक पटक प्रहरीले ठूलो मात्रामा श्रोत नखुलेको रकमसहित केहि व्यत्तिहरुलाई पक्राउ गर्दै आएको छ । यसैक्रममा रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९ सय ६० रुपैंया बरामद गरेको छ ।

इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फ बाट आउदै गरेको बिआर३०एन९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथ बाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ । नेपाल भारत सिमाना बाट लवतना तर्फ आउदै गरेका इशनाथ ९ का २० वर्षिय दिलिप कुमार साहको साथ बाट श्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका उपरिक्षक सूर्य बहादुर सेन ओलीले बताए ।

मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरिक्षक ओलीले बताए । पछिल्लो समय रौतहटको पश्चिमी नाका हुदै नेपाल तर्फ ल्याइएको श्रोत नखुलेका लाखौं रकम पटक पटक प्रहरीले बरामद गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *