श्रोत नखुलेको २१ लाख ९० हजारसहित गौरबाट एकजना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रौतहटको गौर बसपार्कबाट श्रोत नखुलेको २१ लाख ९० हजार सहित एक जना पका्रउ परेका छन् । विशेष सुचनाका आधारमा गौर नगरपालीका ४ बसपार्क नजिक स्कुटरमा सवार परोहा नगरपालीका वडा नम्बर १ जिङगडवा बस्ने २७ वर्षिय महम्मद आलमलाई खानतलासी गर्दा उनको साथ बाट २१ लाख ९० हजार नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

श्रोत नखुलेकाले उक्त रकम प्रहरीले सम्पत्ति शुद्धिकरण विभाग पठाएको छ भने नम्बर नखुलेको स्कुटिलाई भंसार कार्यलय गौर पठाइएको छ । निजको साथबाट प्रहरीले ३१ लाख १६ हजारको चेक समेत बरामद गरेको छ । रकमको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

(Visited 67 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *